१४ वर्षपछि आमाको नामबाट जन्म दर्ता – Nepal Press

१४ वर्षपछि आमाको नामबाट जन्म दर्ता

काठमाडौं । विगत १४ वर्षदेखि छोरीको जन्म दर्ता बनाउन नपाएर पिरोलिएकी एक आमालाई राहत मिलेको छ ।

बर्दिबास नगरपालिका वडा नं. १ मा बहालमा बस्ने इन्द्रमाया खड्काले आफ्नो १४ वर्षकी छोरी अंकिताको जन्म दर्ता बनेपछि मनै आनन्दित बनेको बताएकी छन् ।

नाम थर नखुलेको पुरुषसँगको संसर्गका कारण गर्भवती भएकी उनले २०६४ सालमा छोरीलाई जन्म दिएकी थिइन् ।

वर्षौँ कुर्दा पनि ती पुरुष सम्पर्कमा नआएपछि उनलाई छोरी पढाउन समेत समस्या परेको थियो ।

छोरीलाई विद्यालय भर्ना गर्न समेत जन्म दर्ताको कागज अति आवश्यक भएपछि छोरीले अध्ययन नै गर्न नपाउने हो की भन्ने पीर खड्कालाई थियो ।

उनले भनिन्, ‘एकातिर पालन पोषण अर्कोतिर छोरीको जन्म दर्ता नबन्ने पो हो कि भन्ने डरले दिनै सताउँथ्यो छोरीको जन्म हुँदा र आज जन्म दर्ता बन्दा निकै खुसी भएकी छु ।

वडा सचिव नारायण सेनलाई आफ्नो परिस्थितिको बारेमा बताएपछि जन्म दर्ता गर्न सहज भएको उनले बताइन् ।

यता वडा सचिव नारायण बहादुर सेनले भने आफ्नो कार्यकालमा यस्तो जन्म दर्ता पहिलो पटक गरेको बताए ।

जन्म दर्ता गराउनै पर्ने अवस्था आएपछि प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीसँग छलफल गरी टिप्पणी उठाएर दर्ता गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर