त्रिविको चरम लापरबाही : एमएको अर्को प्रश्नपत्र पनि हुबहु – Nepal Press

त्रिविको चरम लापरबाही : एमएको अर्को प्रश्नपत्र पनि हुबहु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयको एकपछि अर्को लापरबाही सार्वजनिक हुँदै गएको छ ।

स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा पब्लिक अर्थशास्त्रको प्रश्न पत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषयमा पनि सोही समस्या दोहोरिएको छ ।

जेठ २३ गते सञ्चालित स्नातकोत्तर तहतर्फ पहिलो सेमेस्टरको राजनीतिशास्त्र विषयतर्फ अन्तर्राष्ट्रिय राजनीति (इन्टरनेशनल पोलिटिक्स–५५३) विषयको अन्तिम परीक्षामा अघिल्लो वर्षको प्रश्न पत्र आएपछि विद्यार्थीहरू अलमलमा परेका छन् ।

सामान्यतया आक्कलझुक्कल एकाध प्रश्न दोहोरिनु स्वाभाविक भए पनि पुरै सेट नै एउटै हुनुले नियतवश र नियोजित रूपमा श्रृङ्लावद्ध प्रश्नपत्रहरु दोहोरिएको आशंका गर्न थालिएको छ ।

अहिले सन् २०२१ को परीक्षा सञ्चालन भइरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरू सबै मेल खाएको घटना सामान्य होइन । यसले प्रश्न पत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ ।

सम्बन्धित विषय समितिको अध्यक्ष समेत रहेका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारी समेत प्रश्न पत्र दोहोरिएकोप्रति जिम्मेवार रहेको डीन कार्यालयका कर्मचारी बताउँछन् ।

अन्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीन वटै प्रश्न पत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ५/५ नम्बरको १० वटा प्रश्नहरू क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ ।

२०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं.को ६ मा, १२ नं.को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ४ नं.को १२ नं.मा सोधिएको छ । ५ र १३ क्रमसंख्या भने उही रहेको छ ।

सन् २०२० र २०२१ को प्रश्न पत्र जस्ताको त्यस्तै


प्रतिक्रिया

One thought on “त्रिविको चरम लापरबाही : एमएको अर्को प्रश्नपत्र पनि हुबहु

  1. आफू टियु को स्टुडेण्ट हुँ भन्न नि लाज लाग्नेभो, यो समाचारले। अबको उच्च शिक्षाको नीतिमा सामुदायीक विश्वविद्यालय होस। कमसेकम गरिव विपन्न छोरी बुहारीको शिक्षा लिने केन्द्रीय हव त बन्नेछ। अनि जस्टिस हुन्छ । तालाबन्दिबाद, धनुष्टङ्कारबाद मुर्दावाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर