सदनमा उठ्यो उपसभामुख पद खारेजको माग – Nepal Press

सदनमा उठ्यो उपसभामुख पद खारेजको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख नहुँदा पनि संसद चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न माग गरे ।

‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ उनले प्रश्न गरे । सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् ।

यस्तै, उनले सर्लाहीको बरहथवा नगरपालिका-१ मा वागमती नदीले अत्यधिक कटान गरिएकाले यदि समयमै तटबन्ध नगरिए हजारौं नागरिक विस्थापित हुन सक्ने भन्दै तटबन्ध बनाउन सरकारसँग माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर