‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग – Nepal Press

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले धरान उपमहानगरपालिकाका मेयर हर्क राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो । भानु चोकमा एक कार्यक्रमबीच धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठलगायतको सहभागिता थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचत मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिए ।

मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य र वित्तिय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने पनि बताए । डस्बीनहरू भानुचोक वरपर राखिने उपमहानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर