अविवाहित किशोरीले जन्माएको नवजात शिशु मृत फेला – Nepal Press

अविवाहित किशोरीले जन्माएको नवजात शिशु मृत फेला

दाङ । दाङमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

राप्ती गाउँपालिका ३ मसुरीयामा एक नाबालिकले (किशोरी)जन्माएको शिशु बुधवार बिहान ४ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार शिशुकी आमाले नै आफ्नो बच्चा मृत भेटिएको खबर प्रहरीलाई गरेकी थिइन् ।

ती नाबालिकले आफू बाहिर गएको बेला बच्चा हराएको र खोज्दा शौचालयको सेफ्टी ट्याङ्कीमा फेला पारेको प्रहरीलाई बताएकी छन् । सेफ्टी ट्याङ्कीको ढक्कन फुटेको अवस्थामा पाइएको र घटना शंकास्पद भएको प्रहरीको भनाइ छ । प्रहरीले शिशुको आमालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

एसपी काफ्लेका अनुसार ती अविवाहित हुन् । उनले जेठ ९ गते शिशुलाई जन्म दिएकी हुन् । अविवाहित र त्यसमा पनि नाबालिकको बच्चा मृत प्रकरणलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर