मानुषीलाई काठमाडौंबाट चुनाव लड्न जसपाका युवा नेताहरुको आग्रह – Nepal Press

मानुषीलाई काठमाडौंबाट चुनाव लड्न जसपाका युवा नेताहरुको आग्रह

काठमाडौं । बालेन साहको विजयपछि काठमाडौंमा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने युवाहरुको संख्या बढिरहेका बेला जनता समाजवादी पार्टीका केही युवा नेताहरुले मानुषी यमी भट्टराईलाई चुनाव लड्ने तयारी गर्न सुझाव दिएका छन् ।

जसपाका केही युवा नेताहरुले बुधबार मानुषीलाई भेटेर आउने चुनावमा संघीय सांसद बन्नेगरि काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट उम्मेदवारको तयारी गर्न आग्रह गरेका हुन् ।

डा.बाबुराम भट्टराई र हिसिला यमीको एकमात्र उत्तराधिकारी मानुषी आफैँ पनि राजनीति तथा सामाजिक काममा सक्रिय छन् । मानुषीले भने पार्टीका युवा नेताहरुको आग्रहलाई सकारात्मक रुपमा लिएको भन्दै थप छलफल गर्ने बताएकी छन् ।

काठमाडौं ७ मा हिसिला यमी पहिलो संविधानसभा निर्वाचनमा विजयी भएकी थिइन् भने दोस्रोमा पराजित भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर