असारदेखि भदाै मसान्तसम्म सडक खन्न नपाइने – Nepal Press

असारदेखि भदाै मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौं । वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने बताएको छ ।

सडक विभागले विज्ञप्ति जारी गरेर वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने जनाएको छ ।

कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *