भरतपुर महानगर : कार्यपालिका निर्वाचनमा गठबन्धन उम्मेदवार विजयी – Nepal Press

भरतपुर महानगर : कार्यपालिका निर्वाचनमा गठबन्धन उम्मेदवार विजयी

काठमाडौं । भरतपुर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन उम्मेदवार विजयी भएका छन् ।

आज भएको निर्वाचनमा ८ जना नै गठबन्धनबाट विजयी भएका हुन् ।

विजयी हुनेमा खुला सदस्यतर्फ नेपाली कांग्रेसबाट गोपाल दराई, माओवादी केन्द्रबाट विष्णुबहादुर भुजेल, नेपा समाजवादीबाट कोपिला उपरकोटी रहेका छन् ।

यस्तै कार्यपालिका सदस्य महिला तर्फ कांग्रेसबाट नर्वदा सापकोटा, शारदा पोखरेल, सिर्जना अधिकारी र सुकमाया परियार विजयी भएका छन् । माओवादी केन्द्रबाट बिना नेपाली विजयी भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर