नागढुंगामा कारबाट करिब ४ करोड बरामद, चार चिनियाँसहित पाँचजना पक्राउ – Nepal Press

नागढुंगामा कारबाट करिब ४ करोड बरामद, चार चिनियाँसहित पाँचजना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर