अंश विवादमा अदालतबाहिर काकीलाई गोली हान्ने युवक पक्राउ – Nepal Press

अंश विवादमा अदालतबाहिर काकीलाई गोली हान्ने युवक पक्राउ

रुपन्देही । अंश विवादमा आफ्नै काकीलाई गोली हान्ने युवक पश्चिम नवलपरासीमा पक्राउ परेका छन् ।

सोमबार दिउसो सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंसराम यादवले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा आफ्नै ३४ वर्षीय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए ।

गोली प्रहारपछि भागेका हंसरामलाई मंगलबार दिउँसो प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

आफन्तको घरमा लुकिरहेको अवस्थामा पेस्तोलसहित उनी पक्राउ परेका हुन् । पक्राउ परेका हंसराममाथि हातहतियार र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने एसपी कँडेलले बताए ।

हंसरामका बाबु र काकीबीच अदालतमा अंश मुद्दा चलेको थियो । काकाको मृत्युपछि निसन्तान रहेकी काकीलाई मारेपछि सबै अंश आफ्नै नाउँमा बनाउने मनशायका साथ हंसरामले काकीमाथि गोली चलाएका थिए ।

अंश मुद्दाको मिलापत्र गराउन अदालत जानेक्रममा उनले काकीमाथि २ राउण्ड गोली प्रहार गरेका थिए । तर गोली लाग्नबाट उनी बचेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *