मंगलबार २८ जनामा कोरोना संक्रमण पुष्टि – Nepal Press

मंगलबार २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । नेपालमा २८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार १ सय २० पीसीसआर परीक्षण गर्दा ७ जना र १ हजार २ सय ५६ एन्टीजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ५४ जना निको भएका छन् । हाल नेपालमा १ सय ७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर