एसियन गेम्सका लागि २३ खेलको विशेष प्रशिक्षण सुरु – Nepal Press

एसियन गेम्सका लागि २३ खेलको विशेष प्रशिक्षण सुरु

काठमाडौं । चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि पहिलो चरणको विशेष प्रशिक्षण सुरु भएको छ ।

एसियन गेम्समा नेपालबाट २३ खेलको सहभागिता रहनेछ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच विशेष प्रशिक्षणको उद्घाटन गरेका हुन् ।

पहिलो चरणको प्रशिक्षण जेठ २५ देखि असार २५ सम्म आयोजना हुनेछ । दोस्रो चरणमा असार २४ देखि २७ गतेसम्म खेलाडी छनोट गरिनेछ । असार २८ देखि ३० सम्म आन्तरिक मूल्याङ्कन हुने राखेपले जनाएकाे छ ।

पहिलो चरणपछि दोस्रो चरणको प्रशिक्षण पनि समयमै आयोजना हुने सदस्य सचिव घिसिङले जानकारी दिए ।

प्रशिक्षणमा २३ खेलबाट कूल ५१४ खेलाडी र ६६ प्रशिक्षकको सहभागिता रहनेछ । सन् २०२३ मा चीनमा हुने भनिएको एसियन गेम्स भने बढ्दो कोरोना संक्रमणका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर