सेयर बजारमा निरन्तर पहिरो, २ हजार अंकमा झर्‍याे – Nepal Press

सेयर बजारमा निरन्तर पहिरो, २ हजार अंकमा झर्‍याे

काठमाडौं । पछिल्लो सयम सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ । सेयर बजार घटेर करिब २ हजार अंकमा आएको छ । सेयर बजार बढेर ३२ सय अंकसम्म पुगेको थियो । सेयर बजार सुधार गर्न लगानीकर्ताहरुले आन्दोलन नै सुरु गरिसकेका छन् ।

आज सेयर बजार ४५.५९ अंकले घटेको छ । २.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२०.२३ अंकमा झरेको छ । १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २३४ वटा कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर आज किनबेच भएको छ ।

सेयर बजार घटेको दिन पनि उपकार लघुवित्तको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । सो बैंकको ६ करोड ११ लाख ८८ हजार ६ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर