नीति तथा कार्यक्रमलाई एमाले सांसदले दिए ‘फटाहा गिरी’ को संज्ञा – Nepal Press

नीति तथा कार्यक्रमलाई एमाले सांसदले दिए ‘फटाहा गिरी’ को संज्ञा

जनकपुरधाम । मधेस सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ‘फटाहा गिरी’ जस्तो भएको नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले टिप्पणी गरेका छन् ।

प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद साहले भने, ‘सुरुदेखि नै नीति तथा कार्यक्रममा राखिँदै आएको छ । तर काम भएको छैन । नीति तथा कार्यक्रम एकातिर, बजेट अर्कातिर । यो त फटाहा गिरी जस्तो भयो ।’

सांसद साहले अनावश्यक बजेट सानो सानो सडकमा राखिदिने र मन्त्रीहरू आफ्नै क्षेत्रमा लगिदिने अनि प्रदेश कसरी समृद्ध हुन्छ भन्ने प्रश्न तेर्साए । उनले नीति तथा कार्यक्रम हेर्दा यही वर्ष प्रदेश समृद्ध बन्छ जस्तो लाग्छ तर काम ५ प्रतिशत पनि नहुने गरेको गुनासो गरे ।

‘पोखरीलाई सौन्दर्यीकरणमा करोडौँ खर्च गरिएको छ’, उनले प्रश्न गरे, ‘के पोखरीको सौन्दर्यीकरण गरेर समृद्धि आउँछ ? आउँदैन । नीति तथा कार्यक्रममा नाराहरू राम्रो हो । तर खुद्रा अर्थात् खिचडी काम नहोस् । समृद्धि ल्याउने योजनाहरूलाई प्राथमिकता राख्नुपर्छ ।’

‘गाउँघरमा मिठो मिठो कुरा गर्दा सुरुमा लाग्छ राम्रै मान्छे हो । तर पछि व्यवहार हेर्दै जाँदा यो त फटाहा मान्छे हो भन्छन् । यो नीति तथा कार्यक्रम त्यस्तै हो,’ सांसद साहले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर