एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टी स्कुलको कक्षा लिन काठमाडौं बोलाइयो – Nepal Press

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टी स्कुलको कक्षा लिन काठमाडौं बोलाइयो

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।

एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुने महासचिव शंकर पोखरेलले जनाएका छन् ।

असार २ गते काठमाडौं पुग्नेगरी देशैभरका जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले सम्बन्धित जिल्ला कमिटीहरुलाई सर्कुलर पठाएको छ । जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर