इम्बोस्ड नम्बर लाद्ने काम सरकारको गैरजिम्मेवारी : भीम रावल – Nepal Press

इम्बोस्ड नम्बर लाद्ने काम सरकारको गैरजिम्मेवारी : भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सरकारले सवारीसाधनमा जबरजस्ती इम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप लगाएका छन् । संसारका विभिन्न देशले कालोसूची राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्न ठेक्का दिनु अर्को शंकास्पद रहेको उनले बताए ।

संसदमा आज भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले इम्बोस्ड नम्बर प्लेटले नेपालको संविधानमा भएको व्यवस्थाको पनि उल्लंघन गरेको बताए । नम्बर प्लेटमा देवनागरी अंक र अक्षर नराखी अंग्रेजी अक्षर राख्ने गरेको र निकै कमजोरसमेत रहेको उनको भनाइ छ । पछिल्लो एक वर्षमा चार हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेकोमा १५ सय फुटेको उनले बताए ।

यस्तै, उनले यस वर्षको बजेट विनियोजन एकदमै अव्यवहारिक र एकपक्षीय रहेको बताए । नेता तथा पहुँचवलाहरूको क्षेत्रमा सडक निर्माण, सुरुङ निर्माण एकै ठाउँमा थुपारिएको तर अन्य क्षेत्रमा बजेट नै भएको बताए ।

सोही अवसरमा उनले बाराको निजगढमा निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको बताए । यदि यहाँ सरकारले विमानस्थल नबनाउने हो भने यसअघि ३० वर्षदेखि गरिदै आएको लगानी खेर जाने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर