उपत्यकाका क्यासिनोमा एकसाथ छापा: मेरियट, हायात र अलफ्टमा भेटिए नेपाली – Nepal Press

उपत्यकाका क्यासिनोमा एकसाथ छापा: मेरियट, हायात र अलफ्टमा भेटिए नेपाली

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति क्यासिनोहरुमा एकसाथ छापा मारेको छ ।

तीमध्ये तीनवटा क्यासिनोमा नेपालीहरु खेलिरहेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

अलफ्ट, मेरियट र हायात होटलको क्यासिनोबाट ७ जना नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कोइरालाका अनुसार उनीहरु क्यासिनोमा खेलिरहेका बेला पक्राउ परेका हुन् ।

नेपालका क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर