कैलाली उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढ्दै, दुवै टीम प्यानलसहित मैदानमा – Nepal Press

कैलाली उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढ्दै, दुवै टीम प्यानलसहित मैदानमा

कैलाली । कैलालीमा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढिरहेको छ । मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवारहरू प्रचार प्रसारमा तीव्र लागिरहेका छन् ।

आगामी तीन वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठी प्यानलसहित चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन्।

कुँवर प्यानलमा वरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेशराज लम्साल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भिमराज ओझा र सचिवमा सुरेश पाण्डेको उम्मेदवारी छ।

यस्तै सदस्यमा लोकराज भट्ट, प्रकाश चन्द, कवीन्द्र पन्त, सुरेन्द्रकुमार बोहरा, तिलकबहादुर बोहरा, राधिका चौधरी, कोपिला कुँवर, सुरेन्द्रबहादुर कठायत, मिलन कुँवर, तुलसीराम गौतम, वासुदेव भट्ट, श्यामराज जोशी, शम्भु लामिछाने र सन्तोष लामिछाने उम्मेदवार छन्।

राठी प्यानलमा वरिष्ठ उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, वस्तुगत उपाध्यक्षमा केशवदत्त पाण्डेय, महासचिवमा सिद्ध राज पनेरू, कोषाध्यक्षमा रञ्जनकुमार शर्मा र सचिवमा महेन्द्रकुमार सिंहको उम्मेदवारी दर्ता भएको छ।

सदस्यमा श्रीमन गौतम, हेमराज भट्ट, अमर चोखाल, रिता जोशी अवस्थी, कमला ज्ञवाली, अम्बिका भण्डारी केसी, शैलेन्द्रकुमार श्रेष्ठ, कृष्णराज पाण्डेय, लोकेश भट्ट, जी एम इस्लाम, प्रदीप बैद्ध र सुरेश सापकोटा उम्मेदवार रहेका छन्।

यस्तै उद्योग वाणिज्य संघको उपाध्यक्ष (वाणिज्य) मा केशवराज जोशी निर्विरोध भएका छन्। सुरेन्द्र राठीको प्यानलबाट उम्मेदवारी दिएका जोशी निर्विरोध भएका हुन्। उपाध्यक्ष (वाणिज्य)मा उम्मेदवारी दिएका गगन केसीले उम्मेदवारी फिर्ता लिएसँगै जोशी निर्विरोध भएका हुन्।

कैलाली उद्योग वाणिज्य संघको आगामी २८ गते निर्वाचन हुन लागेको छ। चुनावमा यो पटक १ हजार ६१२ जना मतदाताले मतदान गर्न पाउने छन्। दुवै प्यानले आफ्नो जित निश्चित भएको बताउँदै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर