इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग गर्दै मसाल जुलुस – Nepal Press

इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग गर्दै मसाल जुलुस

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने भन्दै हाम्रो टिम नेपालले सोमबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

सवारी साधनको नम्बर प्लेट देव नागरिक लिपिमा हुने पर्ने भन्दै उनीहरूले इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने माग राखेका हुन् ।

सो समूहले काठमाडौंको धोविखोला कोरिडोरमा मसाल जुलुस निकालेका हुन् ।

मसाल जुलुस प्रदर्शनका क्रममा उनीहरूले जनताको ढाड सेकेर माफिया पाल्दैनौ, भ्रष्टाचार गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *