प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा – Nepal Press

प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्री परिषद्को बैठकले डिआइजीहरू उत्तम कुमार सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले नेपाल प्रहरीमा रिक्त ५ एआईजी दरबन्दीका लागि करिब दुई साताअघि बढुवा सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *