मन्त्रिपरिषद् बैठक- वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त – Nepal Press

मन्त्रिपरिषद् बैठक- वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । यो सरकार बनेदेखि नै मन्त्रालयमा तानिएका पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले लगेका थिए ।

तत्कालीन केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको थियो ।


प्रतिक्रिया

2 thoughts on “मन्त्रिपरिषद् बैठक- वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

  1. दलालहरूकाे गठबव्धनलाई अदालतबाट आदेश ल्याएर देखाउनुपर्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर