राजस्व परामर्श समितिलाई उद्योगीको प्रश्नै प्रश्न- मौलिक उत्पादन वृद्धिदेखि उद्योग संरक्षण गर्ने नीतिसम्मको माग – Nepal Press

राजस्व परामर्श समितिलाई उद्योगीको प्रश्नै प्रश्न- मौलिक उत्पादन वृद्धिदेखि उद्योग संरक्षण गर्ने नीतिसम्मको माग

काठमाडौं । राजस्व परामर्श समितिले गरेको कार्यक्रममा उद्योगी व्यवसायीले प्रश्नै गरेको गरेका छन् ।

आज आर्थिक वर्ष २०७९/८० को बजेटमाथि बजेट छलफलमा सानादेखि ठूला व्यवसायीले राजस्व परामर्श समिति र सरकार माथि प्रश्नै प्रश्नै गरेका छन् ।

साना उद्योगीले सरकारले बजेट मार्फत पेल्दै गएको भने प्रश्न गरेका छन् । अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले भने बजेटमा सकेसम्म सबैको कुरा समेट्ने प्रयास भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटले सेयर लगानीकर्ताको माग र विश्वभर भएको खाद्यान्न संकट र मूल्यलाई समेट्ला कि भन्ने आस रहेको तर नसमेटेको बताए ।

गोल्छाले भने, ‘बजेट अपेक्षाअनुसार आएन । बजेटले नसमेटिएका विषय नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले समेट्नु पर्छ ।

निजी क्षेत्रले राखेका धेरै विषय समेटे पनि सबैलाई छुन महँगीको बारेमा नसमेटिएको छैन । ठूला उद्योगलाई जसरी नै साना र मझौला उद्योगलाई समेत विद्युतमा महसुल छुट दिनुपर्ने अवस्था रहेको छ । यसले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउँछ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशी मौलिक उत्पादन र निर्यातमा जोड दिने पर्ने बताए ।

उनले भने, बजेटको आकार सुरुमा ठूलो राख्ने र पछि त्यो बजेट घटाउन हुँदैन । पहिले पनि यस्तै भएको थियो यसलाई सच्याउनु आवश्यक छ । नेपालको मौलिक उत्पादनहरू हस्तकला, ऊनी फेल्ट लगायतका बस्तुको निर्यात बढाउनु पर्ने आवश्य रहेको छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट औद्योगीकरण गर्न सहयोग गर्ने आएको बताए ।

उनले भने, ‘तरलताको समस्या पनि आजको दिनमा उद्योग स्थापनामा देखा परेको बताए । सरकारले यो वर्षदेखि अपार्टमेन्टमा विदेशी लगानी खुल्ला गरेको छ । अब बिस्तारै तरलताको समस्या हटेर जाने छ ।’

राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहालले २५ वर्ष अघि निर्माण भएको राजस्व नीतिको पुनर्विचार गर्नुपर्ने बताए ।

समितिले राजस्वको बारेमा अध्ययन गरिरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर