रिनाको आरोपबारे छानबिन गर्न चलचित्र पत्रकार संघले बनायो समिति – Nepal Press

रिनाको आरोपबारे छानबिन गर्न चलचित्र पत्रकार संघले बनायो समिति

काठमाडौं । पत्रकार रिना मोक्तानले ५ वर्षअघि आफूमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति हाल चलचित्र पत्रकार संघको नेतृत्वमा रहेको आरोप लगाएपछि संघले छानबिन समिति बनाएको छ । आज बसेको संघको बैठकले समिति गठन गरेको हो ।

संघका अध्यक्ष दिनेश सिटौलाद्वारा जारी विज्ञप्तिअनुसार समितिको संयोजकमा कार्यसमिति सदस्य सुरक्षा भट्टराई छिन् ।

यसै गरी, सदस्यहरूमा श्रृष्टी पोखरेल, गोपीकृष्ण चापागाईँ, अञ्जना दाहाल र आशिष् ओली रहेका छन् ।

संघ आफ्ना सदस्यहरू तथा जोकोहीमाथि हुने सबै प्रकारका दुर्व्यवहार तथा हिंसाको विरुद्धमा सदैव दृढतापूर्वक उभिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुरमा आबद्ध पत्रकार मोक्तानले आफूमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति निर्णायक मण्डलमा रहेको भन्दै चलचित्र पत्रकार संघले दिन लागेको पुरस्कार बहिष्कार गर्ने बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर