कांग्रेस उपसभापति नै बने बागी उम्मेदवार, दैलेख जिससमा गठबन्धनलाई चुनौती
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/06/congress-bagi-ummedwar.jpg)
सुर्खेत । जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका जिल्ला उपसभापति नमराज शाहीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
११ पालिका रहेको दैलेखमा सत्तारुढ गठबन्धनबाट कांग्रेसले समन्वय प्रमुखको पद पाउने सहमति भएको थियो । सोही सहमति अनुसार कांग्रेसले आधिकारिक उम्मेदवारको रूपमा नेपाल महिला संघ दैलेखकी सचिव दुर्गा श्रेष्ठलाई मनोनयन दर्ता गर्न पठाएको थियो ।
नेकपा एमालेले गठबन्धन दल एकातिर भएका कारण समन्वय प्रमुखमा उम्मेदवारी भने दिएको छैन । एमालेले उम्मेदवारी नदिएसँगै कांग्रेसका बागी उम्मेदवार नमराज शाहीले उम्मेदवारी दिएका हुन ।
११ पालिकाका २२ मतदातामध्ये नेकपा एमालेसँग १० मत रहेको छ । यस्तै, नेकपा माओवादीसँग दुई मत र समाजवादी एक रहेको छ भने कांग्रेससँग पनि ९ मत रहेको छ ।
मुख्य मतदान अधिकृतको कार्यालय दैलेखका मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले कांग्रेसबाट प्रमुखमा आधिकारिक उम्मेदवारको रूपमा दुर्गा कुमारी श्रेष्ठ र स्वतन्त्रबाट नमराज शाहीले मनोनयन दर्ता गराएको बताए ।
उनका अनुसार जिससको निर्वाचन जेठ २६ गते हुने भएको हो ।