मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको अन्नपूर्ण केबुलकारमा विशेष छुट – Nepal Press

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको अन्नपूर्ण केबुलकारमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबुलकारमा विशेष छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केबुलकारसँग केवलकारको सेवामा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रमबीच सम्झौता गरेको छ ।

पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केबुलकारको टप स्टेसन सराङकोटमा स्विइङ, स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरु उपलब्ध छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा अन्नपूर्ण केबुलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखरा अन्नपूर्ण केबुलकारमा केबुलकारको सुविधामा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर