सांसद नेम्वाङद्वारा खर्च कटौतीको प्रस्ताव, अध्ययनविनाका राजमार्ग नबन्ने जिकिर – Nepal Press

सांसद नेम्वाङद्वारा खर्च कटौतीको प्रस्ताव, अध्ययनविनाका राजमार्ग नबन्ने जिकिर

काठमाडौं । नेकपा एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिनिधिसभामा उनले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । सोमबार विनियोजन विधेयक २०७९ को मन्त्रालयगत छलफलको क्रममा नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् ।

‘विगत आर्थिक वर्षहरुदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण हुँदै आइरहेको अत्यन्तै महत्व राख्ने वैकल्पिक सहायक राजमार्गहरुमा आवश्यकताबमोजिम रकम विनियोजन नगरिएका र विस्तृत अध्ययन अनुसन्धानविना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकोले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्,’ प्रस्तावमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर