मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, देउवाले जुटाए गठबन्धनमा सहमति – Nepal Press

मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, देउवाले जुटाए गठबन्धनमा सहमति

काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट बजेट पारित हुनै बाँकी रहेको, लोसपा लगायतका दलसँगपनि छलफल भइरहेको तथा केही आन्तरिक तयारी गर्नुपर्ने लगायतका कारण देखाउँदै केही समय पर्खिदिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।

‘प्रधानमन्त्रीले तत्कालै नगरौ भन्नुभएको छ । यसको मतलाई आजैभोलिमा चैँ मन्त्रिपरिषद् पुनगर्ठन नगर्ने तर आवश्यकता अनुसार पछि गर्ने भन्ने हो’, गठबन्धनका एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर