माधव नेपाललाई भेटेपछि किसानले भने- मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो – Nepal Press

माधव नेपाललाई भेटेपछि किसानले भने- मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो

काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एसका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् । उनले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताए ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर फर्किएका श्रेष्ठले अहिले आफ्नो जिम्मेवारीमा यथावत् रहन भनेको जानकारी दिए । नेकपा एसले चार जना मन्त्री फिर्ता बोलाएर नयाँ चार जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्नेमा बजेट पारित नै नभई मन्त्री हटाउनु गैर संसदीय हुने भन्दै आलोचना भइरहेको थियो ।

अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूको शैलीमाथि असन्तुष्टि जनाए पनि तत्काल मन्त्री फिर्ता नहुने जानकारी गराएका छन् ।

मन्त्री श्रेष्ठले आफूहरू पार्टीको निर्णय मान्न जहिले पनि तयार रहेको भन्दै जिम्मेवारी पूरा गर्न पार्टीले अह्राएबमोजिम नै काम गर्ने बताए ।

यसैबीच पार्टी निर्णय नमान्ने चेतावनी दिएको भनेर आफूविरुद्ध सामाजिक सञ्जाल र केही अनलाइनले अनर्गल प्रचार गरेको उनले बताएका छन् । आफूविरुद्ध झूट, कपोलकल्पित र भ्रामक समाचारको अभियान चलाइएको भन्दै भ्रममा नपर्न उनले अपिल गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपाललाई भेटेपछि किसानले भने- मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो

  1. पार्टीले गरेकाे निर्णयलाई बजार हल्ला भन्ने यस्ता पनि नेता ? चरम पदलाेलुप ।

  2. हल्लाको स्रोत खोजेर पत्ता लगए राम्रो।साइबर स्याल सम्म पुग्ने निस्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर