यू १९ महिला विश्वकप छनोटः नेपालले भूटानलाई ४ विकेटले हरायो – Nepal Press

यू १९ महिला विश्वकप छनोटः नेपालले भूटानलाई ४ विकेटले हरायो

काठमाडौं । आईसीसी यू १९ महिला ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भूटानलाई ४ विकेटले पराजित गरेको छ ।
सोमबार मलेसियास्थित किनरारा एकेडेमी ओभलमा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको भूटानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै नेपालसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

भूटानले दिएको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे । नेपालको ब्याटिङमा सनु राजवंशीले सर्वाधिक ३० रनको अविजित इनिङ खेलिन् । चौथो नम्बरमा क्रिजमा आएकी सनुले ३२ बल खेल्दै ५ चौका प्रहार गरिन् ।

यस्तै साना प्रभिनले १२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भूटानको वलिङमा साँङगे ए वाङमोले सर्वाधिक तीन विकेट लिइन् भने अन्जुली घले र सोनमले समान एकएक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको भूटानका लागि नगवाङ छोडन र साङ्य ए वाङमोले समान ११ रन जोडे । यसबाहेक अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् ।

नेपालका लागि अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासैनीले समान दुई विकेट लिँदा स्नेहा महराले एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा यूएईसँग १० विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमै अलआउट भएको थियो ।

नेपालले विश्वकप खेल्न बाँकी खेलमा फराकिलो अन्तरले जित निकाल्नु पर्नेछ । साथै थाइल्यान्ड र यूएई एक खेलमा पराजित हुनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर