विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम – Nepal Press

विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

घोषित कार्यक्रम अनुसार राजमार्गमा विरोध प्रदर्शन, एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा घेराउ र प्रदर्शन, बन्दी रिहाइको पक्षमा मशाल जुलुस, महँगीविरुद्ध देशव्यापी प्रदर्शन छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्टबाट धर्मेन्द्र बास्कोटा, हेमन्तप्रकाश वलीलगायत अलग्गिएर नेकपा (बहुमत) बनाइसकेका छन् ।


प्रतिक्रिया

One thought on “विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

  1. सबै तिग्रम जनताले बुझिसके भुटो नगर तिमीहरु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर