रगतको मूल्य दोब्बर बढाइयो – Nepal Press

रगतको मूल्य दोब्बर बढाइयो

काठमाडौं । सरकारले रगतको मूल्य बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी अस्पतालमा आधारित रक्तसञ्चार केन्द्रलाई पत्राचार गर्दै रगतको नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८ सय १० रूपैयाँदेखि अधिकतम १ हजार ६ सय ४० सम्म कायम गरिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५ सय २५ थियो ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । ब्लड ब्यागको यसअघि ८० रूपैयाँ पर्ने गरेकोमा १५० रूपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँबाट बढाएर १०० पुर्‍याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *