के हो कर्पोरेट पे ? कसरी चलाउने र के छ सुविधा ? – Nepal Press

के हो कर्पोरेट पे ? कसरी चलाउने र के छ सुविधा ?

काठमाडौं । प्रविधिले हामीलाई विस्तारै सहज र सरल बनाउँदै गएको छ । नयाँ नयाँ प्रविधिको विकाससँगै नेपालले पनि त्यो विकासलाई आत्मसात गर्दै गइरहेको छ ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले कर्पोरेट पे सञ्चालमा ल्याएको करिब २ वर्ष भएको छ । कर्पोरेट पेमार्फत धेरै कारोबार भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्पोरेट पेमार्फत कारोबार उल्लेखनीय रुपमा वृद्धि भएको छ ।

एनसीएचएलले व्यवसायलाई भुक्तानीमा सहज होस् भनेर कर्पोरेट पे सञ्चालनमा ल्याएको हो । बैंक तथा वित्तीय संस्थाका व्यवसायिक ग्राहकहरुलाई कारोबार गर्न सहज भएको छ ।

कर्पोरेट पेमार्फत तलब, राजस्व र फण्ड ट्रान्सफरलगायत सजिलै भुक्तानी गर्न सकिन्छ । कर्पोरेट पे प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था पनि रहेको छ । कर्पोरेट पेमार्फत २० करोडसम्म कारोबार गर्न सकिन्छ ।

व्यवसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधाहरुसँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप भएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिस्ट्रेसन प्रक्रिया पूरा गरी सम्बन्धित बैंक/वित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् ।

साथै उक्त प्रणालीमा युटीलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीको लागि खाताको स्टेटमेन्ट हेर्ने सुविधालगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।

अनलाइन रजिस्ट्रेसनको लागि बैंक/वित्तीय संस्थाका व्यवसायिक ग्राहकहरुले कर्पोरेट पे डट कनेक्ट आइपीएस डटकममा गई मागिएका कम्पनीसम्बन्धी विवरण दाखिला गर्न सक्नेछन् । कम्पनीको आवश्यक बैंक खातासम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिस्ट्रेसन प्रक्रिया पूरा गर्न सकिने छ ।

अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले सबमिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन् । यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंक/वित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिस्ट्रेसन प्रक्रिया पूरा गरी बैंकबाट एक पटकमात्रै स्वीकृति लिई सेवा सुचारु गर्न सकिने हुँदा कर्पोरेट पे प्रणालीमा आवद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलद्वारा सञ्चालन गरिएको उक्त प्रणालीमा हाल ४८ बैंक/वित्तीय संस्था आवद्ध छन् । यसमार्फत् व्यवसायिक ग्राहकहरुलाई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, युटीलिटीसम्बन्धी भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ । (प्रवर्द्धनात्मक सामग्री)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर