दिक्तेलका मेयरको सकारात्मक सुरूवात, गरे सम्पत्ति विवरण सार्वजनिक – Nepal Press

दिक्तेलका मेयरको सकारात्मक सुरूवात, गरे सम्पत्ति विवरण सार्वजनिक

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजकि गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै मेयर भट्टराईले राजनीतिमा आफू सेवाभावले आएको भन्दै जनताको जानकारीका लागि सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका हुन् । आफू मेयरका रुपमा ‘साहब’ नभइ ‘सेवक’ भएर काम गर्ने भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका भट्टराईले नियमित रुपमा खबरदारी गर्न समेत आग्रह गरेका छन् ।

उनको सम्पत्ति विवरणमा पैतृक सम्पत्तिबाहेक श्रीमतीको बैंक खातामा ८० हजार नगद रहेको उल्लेख छ । आफ्नो नाममा दिक्तेलमा थुक्पा उद्योग र काठमाडौंमा अपसेट प्रेस रहेको भट्टराईले सार्वजनिक गरेका छन् ।

उनले व्यवसाय सञ्चालनका क्रममा साढे ७ लाख रुपैयाँ ऋणमा रहेको समेत खुलाएका छन् ।

भट्टराई कांग्रेसबाट निर्वाचित हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर