सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठी – Nepal Press

सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठी

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

सलमानका बुवा बिहान जगिङमा जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो ।

यो चिठीमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला गरिदिने’ उल्लेख भएको बताइएको छ । पन्जाबी गायक तथा नेता सिद्धु मुसेवालाको गत साता पन्जाबको मान्सा गाउँमा दिनदहाडै हत्या भएको थियो । उनीमाथि २५–३० गोली प्रहार भएको थियो ।

प्रहरीले एफआइआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ ।

बिहान साढे सात देखि ८ को बीचमा उक्त पत्र सलीले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

समाचारहरूमा जनाइएअनुसार सलिमका बडीगार्डले सुरुमा सो पत्र देखेर सलिमलाई दिएका थिए ।

मुसेवालाको हत्यापछि सरकारले सलमानको सुरक्षा बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, प्रहरीले त्यसको खण्डन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर