संघीय निर्वाचनमा लोसपाले कुन पार्टीसँग गर्दैछ तालमेल ? – Nepal Press

संघीय निर्वाचनमा लोसपाले कुन पार्टीसँग गर्दैछ तालमेल ?

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विचार र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ ।

आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

‘विचार र मुद्दा मिल्नेहरूसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको छ’ कार्यकारिणी सदस्य केशव झाले भने ।

बैठकमा अध्यक्ष महन्त ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ता बारे जानकारी गराएका थिए । आफूहरूको माग र मुद्दा सम्बोधन गर्नका लागि सरकारसँग सरकार तयार रहेको उनले जानकारी दिए ।

गठबन्धन सरकारसँग लोसपाले नागरिकता विधेयक लगायतका विषयमा आफ्ना मागहरू राख्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर