कलाकार दीपकराज गिरीको टिप्पणी : मन्त्रीहरू झाँक्री, आले र श्रेष्ठ जनताको काममा सिरियस देखिन्थे – Nepal Press

कलाकार दीपकराज गिरीको टिप्पणी : मन्त्रीहरू झाँक्री, आले र श्रेष्ठ जनताको काममा सिरियस देखिन्थे

काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले मन्त्रीबाट फिर्ता हुन लागेका ३ जना मन्त्री जनताको काममा गम्भीर देखिएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

कलाकार गिरीले सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ जनताको काम गर्नुपर्छ भन्नेमा गम्भीर रहेको बताएका हुन् ।

उनले फेसबुक पेजमा लेखलेका छन्, ‘सत्य बोल्नु पर्छ ‘मन्त्री पद बाट बिदाइ हुने क्रममा रहेकी राम कुमारी झाँक्री प्रेम आले र कृष्ण कुमार जनताको काम गर्नु पर्छ भन्ने कुरामा चाहिँ सिरियस देखिन्थे है ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर