सभामुखले भेटे प्रधानमन्त्री, के भयो कुराकानी ? – Nepal Press

सभामुखले भेटे प्रधानमन्त्री, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा संसदको चालु बजेट अधिवेशन र प्रधानन्यायाधीशविरुद्धको विचाराधीन अविश्वास प्रस्तावबारेपनि छलफल भएको बताइन्छ ।

बजेट अधिवेशन लगत्तै संसद अधिवेशन बोलाएर संसदमा विचाराधीन महत्वपूर्ण विषयहरुमा निर्णय लिनेबारे पनि भेटमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटका क्रममा संसदको राज्य व्यवस्था समितिको सभापति चयन, लेखा समितिको नेतृत्व परिवर्तन र उपसभामुख चयन लगायतका विषयमा पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर