दैलेखको आठबीस नगरपालिका ‘ग्रीन जोन’ घोषणा – Nepal Press

दैलेखको आठबीस नगरपालिका ‘ग्रीन जोन’ घोषणा

सुर्खेत । दैलेखको आठबीस नगरपालिका ग्रीन जोन घोषणा भएको छ । नगर प्रमुख तर्कबहादुर बडुवालले नगरको समृद्धिका लागि आठबीसलाई ग्रीन जोन घोषणा गरिएको बताएका हुन् ।

विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले आठबीस नगरपालिकाको सडकमा हरियाली, जंगलमा हरियाली, टोल-टोलमा बोटविरुवा रोपेर हरियाली बनाउनुपर्ने बताए ।

‘वायु प्रदूषण पनि विनाशको एक हतियार हो । नाक, मुख छोपेर हिँड्ने अवस्थाबाट मुक्त भएर अघि बढ्न जरुरी छ’, उनले भने, ‘नगर क्षेत्रमा बाँझो जमिनको सदुपयोग गरी हरियाली नगर निर्माण गर्न तथा बाँझो जमिन मुक्त नगर निर्माण गर्न आवश्यक छ । यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने तयारीमा छौं ।’

उनले छिटो उत्पादन दिने खालका विरुवा रोप्ने र आगामी दश वर्षभित्र आठबीस समृद्धिको आधार निर्माण गर्न वृक्षारोपण अभियानसमेत गरिने बताए । यसका लागि नगरपालिकाले हरेक नागरिकलाई माटो सुहाउँदो फलफूल खेती गर्न निःशुल्क बेर्ना वितरण गरिने उनकाे भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *