बारामा सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस – Nepal Press

बारामा सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो ।

माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

निजगढ विमानस्थल निर्माणले यहाँका जनता, मलुकको भाग्य र भविष्य उज्जवलहुने मात्रै नभइ सोझै अन्य मुलुकसंग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकांक्षी योजनामा सर्वोच्च अदालतले वातावरण संरक्षणको नाममा रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रविराज दंगालले आरोप लगाएका छन ।

दंगालले भारतको इसारामा अदालतले गैरजिम्मेवारी प्रदर्शन गरेर न्यालयको बदनाम गरेको पनि बताए ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो । वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।


प्रतिक्रिया

One thought on “बारामा सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस

  1. प्रचण्ड र गठबन्धनकाे सिफारिश र भारतकाे आदेशमा भएकाे हाे । साथीहरू प्रचण्ड विरूद्व लागाैं । प्रचण्ड र गठबन्धनले सिफारिश नगरि भारतले आदेश दिदैन । यसकाे पछाडि दुई कारण छन् । एक याे काम ओलि सरकारले अगाडि बढाएकाेले र दुई भारत समग्रमा नेपालकाे विकास देख्नै चाहादैन । याे गठबन्धन रहेसम्म यस्ता आदेश आईरहन्छन् । त्यसैले गठबन्धनलाई विदेशीकाे दलाल भनिएकाे हाे । गठबन्धनकाे पछि नलागाैं । यसले न देश विकास गर्छ न देशकाे स्वाभिमान जाेगाउँछ । यसलाई पद र पैसा भए पुग्छ । विगत १ वर्षकाे सरकारकाे काम हेराैं र त्याे भन्दा अघिकाे १ वर्षकाे हेराैं । देश तिव्र गतिमा विकासकाे मार्गमा अघि बढीरहेकाेअवस्थामा विदेशी, तस्कर, दलालहरूले ओलि सरकार ढालेर र्याले सरकार ल्याए । त्यसमा पनि अदालतलाई नै प्रयाेग गरियाे । अदालत अहिले कु गर्ने नयाँ हतियार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर