माटोमुनि भेटियो २५ लाख भारतीय रुपैयाँ र सुनका पोका – Nepal Press

माटोमुनि भेटियो २५ लाख भारतीय रुपैयाँ र सुनका पोका

कैलाली । कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ सुन्दरपुर दुर्गा चलाउनेको घरनजिक खेतमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घरनजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो।

भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर