महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी – Nepal Press

महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

रुपन्देही । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरी चुनाव जितेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओमकारनाथ शुक्लले २ हजार ४७४ मत पाए ।

उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रीताकुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् । उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत र लोसपाकी उम्मेदवार साबित्री देवी कुर्मीले २ हजार ५ सय ५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । मुसलमान दोश्रो कार्यकालका लागि प्रमुख बन्न सफल भएका हुन् ।

उपप्रमुख जितेकी रीताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन् । उनकी सासु शुभावतीको उम्मेदवारी दर्ता गरेपछि निधन भएपछि कांग्रेसले रीतालाई उम्मेदवार बनाएको हो । उनी स्वास्थ्यकर्मी हुन् । उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्जमा ३ जेठमा चुनाव भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर