चिरिबाबुको पहिलो निर्णय- महानगरको काम वडाबाटै – Nepal Press

चिरिबाबुको पहिलो निर्णय- महानगरको काम वडाबाटै

काठमाडौं । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले पदभार ग्रहण गर्दै तीन वटा निर्णय गरेका छन्।

उनले वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका वडाबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व संकलन गर्ने तीन निर्णय गरेका हुन्।

उनले भने, ‘पहिलो निर्णय वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनुपर्दंैन, दोस्रो यो हप्तापछि २९ वटै वडामा त्यसमाथि पनि चक्रपथ भन्दा बाहिरको वडाहरुमा रुटिन बनाएर नियमित रुपमा फोहोर उठाउँछौं । तेस्रोमा हामीले हुन त पहिले पनि कुरा गरेको थियौं त्यसलाई कार्यान्वयन गर्न सकेका थिएनौं । हामीले केही हदसम्म प्रवेश चाहिँ गर्यो राजश्व संकलन गर्न अनलाइनबाट अगाडि बढ्छौं । निकट भविष्यमा कार्यान्वयन गछौं ।’

उनले पदभार ग्रहणसँगै गरेको निर्णयहरु कार्यन्वयन गर्ने तयारी भइरहेको बताए ।

 

तस्बिर: गाैरब पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर