बागी मेयरको विजय जुलुस कांग्रेसमय, प्रदेशमन्त्रीदेखि जिल्ला सभापतिसम्म सहभागी – Nepal Press

बागी मेयरको विजय जुलुस कांग्रेसमय, प्रदेशमन्त्रीदेखि जिल्ला सभापतिसम्म सहभागी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरको मेयरमा बागी उठेर निर्वाचित भएका मनोज साहको विजयी जुलुसमा कांग्रेसका सयौं नेता-कार्यकर्ता सहभागी भएका छन् ।

नवनिर्वाचित मेयर साह र सत्ता गठबन्धनबाट उम्मेदवार बनेर उपमेयरमा निर्वाचित कांग्रेसकी किशोरी साहको संयुक्त जुलुस कांग्रेसमय बनेको हो । विजयी जुलुस निकालेका थिए । उक्त जुलुसमा कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार र कांग्रेसका सयौं कार्यकर्ता सहभागी छन् ।

सत्ता गठबन्धनले जनकपुरधामका मेयरमा जसपाका लालकिशोर साहलाई चुनावी मैदानमा उतारेको थियो । निवर्तमान मेयरसमेत रहेका उनी पराजित बने ।

भागबण्डाप्रति असन्तुष्टि जनाउँदै मनोज साहले कांग्रेस नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र लडेका थिए । उम्मेदवारी फिर्ता लिन कांग्रेस नेतृत्वले व्यापक दबाब दिएका थिए ।

विजयोत्सवमा कांग्रेसकै नेता कार्यकर्ताको भीड उर्लिएपछि धेरैले टिप्पणी र आश्चर्य मानेका छन् ।


प्रतिक्रिया

One thought on “बागी मेयरको विजय जुलुस कांग्रेसमय, प्रदेशमन्त्रीदेखि जिल्ला सभापतिसम्म सहभागी

  1. जसपालाई खुलेआम धाेका हाे । प्रचण्डकी छाेरीले नजित्दा गठबन्धन भत्केला र प्रधानमन्त्री पद जाला भनेर देउवाले सम्पूर्ण शक्ति भरतपुरमा लगाए तर जनकपुरमा जसपा हराउन पार्टीलाई भित्र निर्देशन दिए । यस्ता बेईमान काँग्रेसकाे पछि अझै लाग्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर