लुम्बिनीका १२ वटा जिल्ला समन्वय समितिमा कसले पाउँदैछ नेतृत्व ? – Nepal Press

लुम्बिनीका १२ वटा जिल्ला समन्वय समितिमा कसले पाउँदैछ नेतृत्व ?

रुपन्देही । स्थानीय तह निर्वाचनको अन्तिम नजिता आएसँगै लुम्बिनी प्रदेशमा क्रियाशील राजनीतिक दलहरुले जिल्ला समन्वय समितिको लागि तयारी थालेका छन् । प्रदेशका १२ वटै जिल्लामा सत्तारुढ गठबन्धनको एकल बहुमत पुग्दैन । एमालेले मात्रै पनि जिल्ला समन्वय समितिको नेतृत्व गर्ने अवस्था छैन ।

प्रदेशका १२ जिल्लामध्ये नेपाली कांग्रेसको ३ र एमाले तथा माओवादीको २–२ जिल्लामा एकल बहुमत छ । बाँकी ५ जिल्लामा दलहरु तालमेल गरेर समन्वय समितिमा भागबन्डा गर्ने तयारीमा छन् ।

सत्ता गठबन्धनको सहमतिअनुसार प्यूठानमा राष्ट्रिय जनमोर्चाले जिसस पाउने उसको दावी छ ।

पालिकाका निर्वाचित प्रमुख र उपप्रमुख जिससका मतदाता रहने संवैधानिक व्यवस्था छ । उनीहरुले जिसस प्रमुख र उपप्रमुखसहित सदस्यहरु चुन्छन् । निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र जिल्ला सभा बसिसक्नुपर्छ र उक्त सभाले जिसस गठन गर्ने व्यवस्था छ । जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ ।

जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य निर्वाचित भएको हुनुपर्दछ ।

कांग्रेस बहुमत रहेका जिल्लाहरु
बर्दिया (कुल मतभार १६)
कांग्रेस – प्रमुख ५, उपप्रमुख ४
एमाले – प्रमुख १, उपप्रमुख ३
माओवादी केन्द्र – प्रमुख २, उपप्रमुख १

दाङ (कुल मतभार २०)
कांग्रेस – प्रमुख ५, उपप्रमुख ७
एमाले – प्रमुख १, उपप्रमुख २
माओवादी केन्द्र – प्रमुख ३
बाँके (कुल मतभार १६)
कांग्रेस– प्रमुख ६, उपप्रमुख ५
माआवादी केन्द्र – प्रमुख १, उपप्रमुख १
जसपा – प्रमुख १, उपप्रमुख २

एमाले बहुमत रहेका जिल्लाहरु
पाल्पा (कुल मतभार २०)
एमाले – प्रमुख ६, उपप्रमुख ५
कांग्रेस – प्रमुख ३, उपप्रमुख ४
माओवादी केन्द्र – प्रमुख १, उपप्रमुख १

अर्घाखाँची (कुल मतभार १२)
एमाले – प्रमुख ३, उपप्रमुख ५
कांग्रेस – प्रमुख २
राष्ट्रिय जनमोर्चा – प्रमुख १
माओवादी केन्द्र – उपप्रमुख १

माओवादी केन्द्रको बहुमत रहेका जिल्लाहरु
रोल्पा (कुल मतभार २०)
माओवादी केन्द्र – प्रमुख ७, उपप्रमुख ७
कांग्रेस – प्रमुख २, उपप्रमुख ३
एमाले – प्रमुख १

पूर्वी रुकुम (कुल मतभार ६)
माओवादी केन्द्र – प्रमुख ३, उपप्रमुख ३

तालमेल हुने जिल्लाहरु

रुपन्देही (कुल मतभार ३२)
कांग्रेस – प्रमुख ९, उपप्रमुख ४
एमाले– प्रमुख ३, उपप्रमुख ७
जनता प्रगतिशिल पार्टी – प्रमुख १, उपप्रमुख १
लोसपा – प्रमुख १, उपप्रमुख २
जसपा – प्रमुख १
राप्रपा – उपप्रमुख १
तिलोत्तमा नगरपालिकाको मतपरिणाम आएको छैन । यहाँको नतिजाले पनि कुनै दलको एकल बहुमत पुग्ने देखिँदैन ।

कपिलवस्तु (कुल मतभार २०)
एमाले – प्रमुख ३, उपप्रमुख ४
कांग्रेस – प्रमुख ३, उपप्रमुख ३
जसपा – प्रमुख १, उपप्रमुख १
राप्रपा – प्रमुख १
लोसपा– प्रमुख १
माओवादी केन्द्र – उपप्रमुख १
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

प्यूठान (कुल मतभार १८)
कांग्रेस – प्रमुख ३, उपप्रमुख ४
माआवादी केन्द्र – प्रमुख ३, उपप्रमुख १
एमाले – प्रमुख २, उपप्रमुख २
जनमोर्चा – प्रमुख १, उपप्रमुख २

नवलपरासी (पश्चिम) (कुल मतभार १४)
कांग्रेस – प्रमुख ३, उपप्रमुख ३
एमाले – प्रमुख ३, उपप्रमुख २
माओवादी केन्द्र – प्रमुख १, उपप्रमुख १
राप्रपा – उपप्रमुख १

गुल्मी (कुल मतभार २४)
कांग्रेस – प्रमुख ५, उपप्रमुख ५
एमाले – प्रमुख ३, उपप्रमुख ७
माओवादी केन्द्र – प्रमुख ४


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर