काठमाडौंको उपमेयरमा एमालेलाई तेब्बर मत, २९ उम्मेदवारको मत जोड्दा पनि १० हजार बढी – Nepal Press

काठमाडौंको उपमेयरमा एमालेलाई तेब्बर मत, २९ उम्मेदवारको मत जोड्दा पनि १० हजार बढी

दिपक निरौला भन्छन्– वडाध्यक्ष र उपमेयरको मत एमालेमा आयो, मेयरको मत लौरोमा गयो

काठमाडौं । नेकपा एमालेले यसअघि २० हजारको मतान्तरमा मेयर जितेको काठमाडौं महानगरपालिकामा यसपटक उपमेयरमा त्योभन्दा बढी मतान्तरले जित्ने निश्चित भएको छ ।

तर मेयरमा भने एमालेका उम्मेदवार केशव स्थापितले एमालेकै उपमेयर उम्मेदवारभन्दा २० हजार मत कम पाएका छन् ।

एमालेको उपमेयरले अग्रता लिएको र एमालेले वडाध्यक्षका जितेका अधिकांश वडामा मेयरमा भने लौरोमा मत गएपछि स्थापित एमालेका करीव आधा मतमात्र पाएर पराजयको नजिक छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले मंगलवार साँझ ५ बजेसम्म गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई करीव ३७ हजार मतान्तरले पछि पारेकी छन् ।

पछिल्लो गणना अनुसार एमाले उम्मेदवार डंगोलले ५४ हजार ९८१ मत पाउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत पाएका छन् । यो भनेको तीन दोब्बरले सुनिताको अग्रता हो ।

त्यस्तै उपमेयरमा चौथो मत आँखी झ्यालले पाएको छ । आँखी झ्यालको स्वतन्त्र उम्मेदवार विद्या महर्जन श्रेष्ठले ९ हजार ३८२ मत पाउँदा राप्रपाकी बिनिता मगैयाले ९ हजार ७५२ मत पाएर तेस्रो स्थानमा छिन् ।

त्यस्तै लौरो चिन्ह लिएका बेन्जिसिंह महर्जनले ५ हजार २३० र विवेकशील साझीकी कृति कंसाकारले २१५८ मत पाएकी छन् । उपमेयरमा ३० जना उम्मेदवार रहेकोमा एक सय मत कटाउने १० जनामात्र छन् ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले मेयरमा एमालेको मत स्वतन्त्र उम्मेदवार बालेन शाहले आधाभन्दा बढी लगेकाले आफूहरुले सोचेजस्तो नतिजा नआएको बताए । तर उपमेयरमा सुनिता डंगोलले पाएको मत नै एमालेको रहेको र वडाध्यक्ष तथा उपमेयरको मत हेर्दा त्यो पुृष्टि हुने उनको दावी छ ।

यस्तो छ काठमाडौंको उपमेयरमा पछिल्लो अपडेट

नेकपा एमाले–५४९८१

गठबन्धन–१८६५५

आँखी झ्याल–९३८२

राप्रपा–९७६२

लौरो–५२३०

विवेकशील साझा–२१५८

नेमकिपा–१४७

विपी कांग्रेस–११८


प्रतिक्रिया

2 thoughts on “काठमाडौंको उपमेयरमा एमालेलाई तेब्बर मत, २९ उम्मेदवारको मत जोड्दा पनि १० हजार बढी

  1. थुतुनो चै nice तर बोल्ने तरिका नपुर्याउदा गए हनुमानजि

  2. उपमेयरलाई गएको मत एमाले मात्र भएर हैन, सुनिता डंगोल भएकोले होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर