वीरगञ्जका नवनिर्वाचित मेयरलाई सांसदले लगाइदिए चाँदीको मुकुट – Nepal Press

वीरगञ्जका नवनिर्वाचित मेयरलाई सांसदले लगाइदिए चाँदीको मुकुट

जनकपुरधाम । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुटले स्वागत गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा संघीय सांसद प्रदीप यादवले नवनिर्वाचित मेयर सिंहलाई चाँदीको मुकुट लगाएर जितको शुभकामना दिएका हुन् ।

चाँदीको मुकुट लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सांसद यादवले लेखेका छन्- हम साथ लडे थे, साथ जिते है । हम साथ रगेंगे, साथ चलेंगे ।

जसपाका सिंह सत्ता गठबन्धनको उम्मेदवार बनेर मेयरमा विजयी प्राप्त गरेका छन् ।

उनले निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार विजय सरावगीलाई २२ हजार ५४४ मतले पराजित गरेका हुन् ।


प्रतिक्रिया

One thought on “वीरगञ्जका नवनिर्वाचित मेयरलाई सांसदले लगाइदिए चाँदीको मुकुट

  1. मुकुटकाे सयाैं गुणा बढी मेयरमार्फत उठाउँला भनेर लगाईदिएका हुन् । नत्र नाैटंकी किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर