धनगढीमा स्वतन्त्र उम्मेदवारको जित निश्चित- ७ हजार मत गन्न बाँकी, ११ हजारको अग्रता – Nepal Press

धनगढीमा स्वतन्त्र उम्मेदवारको जित निश्चित- ७ हजार मत गन्न बाँकी, ११ हजारको अग्रता

कैलाली । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको अग्रता लिएका छन् । अब ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी रहेका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ५६२२६ मत गन्दा हमालले २४५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२७७१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७३८६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबिच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अधिकारीले ११ हजार ९८९ मत पाएकी छन् । एमालेकी चन्द्रकला रानाले १२ हजार ५९४ मतका साथ लिड गरिरहेकी छिन् । र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर