भक्तपुरका ३८ मध्ये २७ वटा वडाको आयो नतिजाः एमालेले गुमायो २ वटा वडा, एउटा कांग्रेस अर्कोमा राप्रपा (सूचीसहित) – Nepal Press

भक्तपुरका ३८ मध्ये २७ वटा वडाको आयो नतिजाः एमालेले गुमायो २ वटा वडा, एउटा कांग्रेस अर्कोमा राप्रपा (सूचीसहित)

भक्तपुर । भक्तपुरका चार नपाका ३८ वटा वडामध्ये २७ वटाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ११, नेपाल मजदुर किसान पार्टीले १०, एमालेले ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडामा जीत निकालेको छ ।

नेमकिपाले भक्तपुरका चार नपामध्ये भक्तपुर नपामा प्रमुख, उपप्रमुख र १० जनै वडा अध्यक्ष जितेर शत प्रतिशत नतिजा निकालेको छ । उसले अरु तीन नपाका वडामा भने खाता खोल्न सकेको छैन ।

नेपाली कांग्रेसले मध्यपुर थिमि नपाका ५ र सूर्यविनायक तथा चाँगुनारायण नपाका ३–३ गरी ११ वटा वडा जितेको हो । एमाले चाँगुनारायण नपाका २ र मध्यपुर थिमि र सूर्यविनायक नपाका १–१ गरी ४ वटा वडामा अध्यक्ष जितेको छ ।

भक्तपुरमा राप्रपाले पहिलोपटक चाँगुनारायण नपा ६ नम्बर वडामा खाता खोलेको छ । अघिल्लो निर्वाचनमा शून्य रहेको राप्रपाबाट यसवर्ष उक्त वडामा धनबहादुर लामा अध्यक्ष निर्वाचित भएका हुन् ।

सार्वजनिक नतिजाअनुसार अघिल्लो निर्वाचनमा जितेका वडामध्ये एमालेले यसपटक २ वटा वडा गुमाएको छ । उसले सूर्यविनायक नपा ४ र चाँगुनारायण नपा ६ मा वडा अध्यक्ष गुमाउनुपरेको हो । यी दुई वडामध्ये सूर्यविनायक ६ मा कांग्रेसले बाजी मारेको छ भने चाँगुनारायण नपामा राप्रपाले नतिजा उल्टाएको छ । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित राप्रपाका धनबहादुर लामाले यसपटक एमालेकै उम्मेदवारलाई पछि पार्दै वडा अध्यक्ष जितेका हुन् ।

मध्यपुर थिमि नपाको दुई वडामा भने अघिल्लो पटकको नतिजा उल्टिएको छ । अघिल्लो पटक कांग्रेसले जितेको वडा नं ४ मा यसपटक एमालेले जितेको छ । तर, अघिल्लोपटक एमालेले जितेको वडा नं ५ मा कांग्रेसले वडा अध्यक्ष जितेको छ ।

को कहाँ जिते ?
नेमकिपा
भक्तपुर नगरपालिका
प्रमुखः सुनिल प्रजापति
उपप्रमुखः रजनी जोशी
वडा नं १ः श्यामकृष्ण खत्री
वडा नं २ः हरिप्रसाद बासुकला
वडा नं ३ः राजकृष्ण गोरा
वडा नं ४ः उपेन्द्र सुवाल
वडा नं ५ः योगेन्द्रमान बिजुक्छे
वडा नं ६ः हरिराम सुवाल
वडा नं ७ः उकेश कवां
वडा नं ८ः कृष्णप्रसाद कोजू
वडा नं ९ः रवीन्द्र ज्याख्व
वडा नं १०ः लक्ष्मीप्रसाद ह्यौमिखा

नेपाली कांग्रेस
मध्यपुर थिमि नपा १ः बाबुकाजी डंगोल
मध्यपुर थिमि नपा २ः श्रीकृष्ण श्रेष्ठ
मध्यपुर थिमि नपा ३ः कृष्णहरि आचार्य
मध्यपुर थिमि नपा ५ः बालकृष्ण श्रेष्ठ
मध्यपुर थिमि नपा ६ः ज्ञानदास प्रजापति
चाँगुनारायण नपा १ः सिजन कार्की
चाँगुनारायण नपा २ः सोम प्रधान
चाँगुनारायण नपा ५ः जयन्द्र खड्का
सूर्यविनायक नपा २ः प्रदीप कार्की
सूर्यविनायक नपा ३ः दीपेन्द्र केसी
सूर्यविनायक नपा ४ः लक्षुमन न्यौपाने

नेकपा एमाले
सूर्यविनायक नपा १ः सानुकाजी कायस्थ
मध्यपुर थिमि नपा ४ः बालकृष्ण श्रेष्ठ
चाँगुनारायण नपा ३ः श्यामसुन्दर धिमाल
चाँगुनारायण नपा ४ः रोजबहादुर लामा

राप्रपा
चाँगुनारायण नपा ६ः धनबहादुर लामा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर