बराहतालका पूर्वअध्यक्ष बस्नेत वडा सदस्यमै पराजित – Nepal Press

बराहतालका पूर्वअध्यक्ष बस्नेत वडा सदस्यमै पराजित

सुर्खेत । बराहताल गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । जिल्ला समन्वय समिति प्रमुखमा आउन खोजेका बस्नेतलाई वडा नम्बर ८ का मतदाताले वडामै पराजित गरिदिए ।

उनले वडा सदस्यमा ५३९ मत ल्याएका छन् । खुल्ला सदस्यमा नेकपा एमालेका प्रेमराज लिम्बुले ५९१ मत तथा छविलाल शर्मा जैसीले ५७८ मत ल्याए वस्नेतलाई हराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर