रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रुक्मांगत विजयी – Nepal Press

रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रुक्मांगत विजयी

पाल्पा । नेपाली कांग्रेसका रुक्मांगत भट्टराई पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार भट्टराईले एमालेका रामबहादुर राउतलाई पराजित गरेका हुन् । कांग्रेसका भट्टराई ६ हजार ६ सय ४३ मत ल्याउँदा एमालेका राउतले ६ हजार १ सय ४५ मत ल्याए ।

उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार युवराज थापा विजयी भएका छन् । उनले ६ हजार ३ सय ७ मत ल्याउँदा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर